Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का 


  • शनिबार, पुष ७ २०८०

  • स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का 

    सुर्खेत, ७ पुस- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेकाे बताउनु भएको छ ।

    ‘ब्याक टू लाईफ’को सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले स्वस्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । स्वस्थ नागरिक उत्पादनले समृद्ध समाज बन्छ । तल्लो तहमा स्वास्थ्य सेवा पुग्नेगरी संरचनाको निर्माण तथा विकासमा सरकारले ध्यान दिएको छ ।” उहाँले ब्याक टू लाईफ संस्था र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कर्णालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपाचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा ब्याक टु लाईफका देशीय निमित्त निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।

    शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा.चन्द्रमणि अधिकारीले मुटु रोगीहरुको निःशुल्क उपचार गरिने ठूलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताउनुभयो । मेहलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले काठमाडौं पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटु रोगका बिरामीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्याएको जनाउनुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij