Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनता सामु गरेका वाचाहरु पुरा गर्दै जान्छौ – सांसद खड्‌का


  • बिहिबार, चैत्र ३० २०७९

  • जनता सामु गरेका वाचाहरु पुरा गर्दै जान्छौ – सांसद खड्‌का

    काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का क्षेत्रिय सभापति एवं वाग्मती प्रदेश सभाका सांसद श्याम बहादुर खड्‌काले पार्टी संगठन वलियो बनाउन सबै एक जुट हुनु पर्ने बताएका छन । पार्टी क्षेत्रिय समितिले आयोजना गरेको शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद खड्काले गलत काम गरेर सहि ठाँउमा पुग्न नसकिने भन्दै नेतृत्वको आलोचना गरेर मात्रै पार्टी बलियो नहुने बताए ।
    उनले पार्टीको नेतृत्वको सामाजिक सञ्जालमा आलोचना हुने गरेको भन्दै असन्तुष्टि प्रकट गरे । स्थानीय निर्वाचनमा सन्तोषजनक परिणाम नआए पनि संघ र प्रदेशको निर्वाचनमा राम्रो परिणाम दिन सकेकोमा खुसी व्यक्त गरे । निर्वाचनका समयमा गरेका वाचाहरु क्रमशः पुरा गर्दै जाने बताउँदै खड्काले अब विकासका कामहरु अघि बढ्‌दै जाने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij