Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीमाथी उठ्‌यो प्रश्न : सुन चोरको आशंकामा अन्तराष्ट्रिय उडान अवरुद्ध !


  • बुधबार, साउन १८ २०७९

  • प्रहरीमाथी उठ्‌यो प्रश्न : सुन चोरको आशंकामा अन्तराष्ट्रिय उडान अवरुद्ध !

    काठमाडौं – नेपाल एयरलाइन्सको मुम्बई उड्न लागेको जहाजवाट सन्तोष लमिछाने पक्राउ परेका छन । उनी फौजदारी अभियोग लागेका व्यक्ति हुन । यस अघि जहाजमा आतंकवादी रहेको समाचार बाहिरिएको थियो । प्रहरीले जहाजवाट यात्रु ओरालेर अनुशन्धान गरेको थियो ।
    कैलालीवाट विशेष ब्युरोको टोलीले केन्द्रमा सुचना पठाए पछि प्रहरी टोली विमानस्थल पुगेको थियो । प्रहरी स्रोतका अनुसार विशेष व्यूरोले आतंकवाद लगाएतका ठूला विषयमा अनुशन्धान गर्ने गर्दछ । तर सुन व्यवसायीसंग सम्बन्धी अपुष्ट सुचनाका आधारमा विषेश ब्युरो परिचालन हुँनु र आतंकवादीसंग जोडेर उड्न लागेको जहाज रोकिनुमा प्रहरीको कमजोरी भएको जानकारहरु बताउँछन । यसले अन्तराष्ट्रिय स्तरमै गलत सुचना प्रवाह भएको छ । प्रहरीको यो शैलीले कार्यसम्पादनमा गम्भिर प्रश्न उठेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij