Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रामेछाप बस दुर्घटना : मृतक सबैको सनाखत


  • बुधबार, असार २२ २०७९

  • रामेछाप बस दुर्घटना : मृतक सबैको सनाखत

    काठमाडौं – मंगलबार रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको र उपचारका क्रममा ४ जनाको मृत्यु भएको थियो ।
    मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।

    त्यसैगरी उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन् ।

    दुर्घटनामा घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij