Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बागमती प्रदेशसभाबाट बजेट बहुमतले पारित


  • बिहिबार, असार १६ २०७९

  • बागमती प्रदेशसभाबाट  बजेट बहुमतले पारित

    काठमाडौं– बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।
    बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।
    सरकारको आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालु तर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij