Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको वडामा कांग्रेस पराजित, कांग्रेस (बीपी)को प्यानलनै विजयी


  • शनिबार, बैशाख ३१ २०७९

  • प्रधानमन्त्रीको वडामा कांग्रेस पराजित,  कांग्रेस (बीपी)को प्यानलनै विजयी

    धनगढी – डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस (बीपी)को प्यानलनै विजयी भएको छ । निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवारलाई हराउँदै बीपी कांग्रेसको प्यानल विजयी भएको हो ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा कांग्रेस बीपीले १२९ मतले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको हो । ‘करुवा’ चुनाव चिन्ह कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा कांग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन् ।

    कांग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत, खुला सदस्य पदमबहादुर महताले ५८९ मत, खुला सदस्य हर्क दमाईले ६१६ मत, महिला सदस्य भागरथी भट्टले ६३४ र दलित महिला सदस्य गोमा कामीले ५८९ मत प्राप्त गरी बिजयी भएका हुन् । उनीहरुका निकतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र देउवाले ५४४ मत, खुला सदस्य चेतराम भट्टले ५५९ मत, खुला सदस्य प्रशाददत्त अवश्थीले ५८० मत, महिला सदस्य लक्ष्मी नाथले ५८१ मत, दलित महिला सदस्य ज्ञानु सार्कीले ५८१ मत प्राप्त गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij