काठमाडौं – मुस्लिम समुदायको पवित्र पर्व रमजान आज देखि सुरु भएको छ ।इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ ।
एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानीसमेत नखाइ ब्रत बस्ने गर्छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
