काठमाडौ – कलाकार पल्पसा डङ्गोल ‘चम्सुरी’ को मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधवार उनको मिर्गौला प्रत्यारोपण भएको हो। प्राध्यापक डा.दिव्या सिंहको नेतृत्वमा रहेको चिकित्सक टोलीले ५ घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण गरेका हुन्। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
चिकित्सक टोलीमा प्रा.डा.उत्तम कुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा. डा. पवन बस्याल, प्रा.डा.भोजराज लुइँटेल लगायत थिए।
मिर्गौला बिग्रिएर नियमित डायलासिस गराउँदै आएकी उनलाई आफन्त अजु डङ्गोलले मिर्गौला दिएका हुन्। चम्सुरी उपनामले परिचित कलाकार पल्पसालाई हप्ता दिन आइसियुमा राखिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
