काठमाडौं – पाँच जनाको परिवारमा कोहि क्यान्सर पीडित र मानसिक समस्याले ग्रस्त । प्रारम्भिक रूपमा हेर्दा आम्दानीको स्रोत न्युन । स्वभाविक रुपमा आर्थिक अभाव झेलिरहेको परिवारले सामूहिक रूपमा आत्महत्याको वाटो रोजेको देखिन्छ । सोमवार रामकोटमा एकै घरका पाँच जना परिवारले आत्महत्या प्रयास गरे पछि नेपाली समाजको एउटा दुर्दान्त तस्वीर वाहिरियो। पाँच मध्य एकको मृत्यु भएको छ भने चार जना अचेत अवस्थामा छन ।
विष सेवन गरेका ३३ वर्षीय सुवर्णमान श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । उनीहरु बोल्न नसक्ने अवस्थामा अचेत छन् । उनीहरुले सुसाइड नोट समेत लेखेर छाडेको प्रहरीले जनाएको छ ।
आर्थिक अभावका कारण आत्महत्या प्रयास गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीले आर्थिक अभाव र सम्भावित लेनदेनलाई पनि अनुशन्धानको विषय बनाएको छ ।
आर्थिक दुरावस्थाका कारण जीवनदेखी हार खाएर एक्लै वा सामूहिक आत्महत्याको बाटो रोजेको यो पहिलो घटना होइन । यस्ता घटनाले समाजलाई तरंगित र स्तब्ध बनाए पनि राज्यका नीति निर्माण गर्ने तहमा बसेका हरुलाई खासै छोएको पाइदैन ।
परिवारले नै आत्महत्याको वाटो रोज्नु सामान्य घटना कदापी होइन । जव राज्य र नागरिक विच दुरी बढ्छ तव नागरिक वेसहारा बन्न पुग्दछ । कतैवाट पनि सहारा नपाए पछि मानिसहरुले जीवनवाट हार खान पुग्छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
