Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ७४७ जनामा संक्रमण पुष्टि


  • सोमबार, फाल्गुन २ २०७८

  • थप ७४७ जनामा संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । ७४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ ।
    हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् ।
    उनीहरुमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३१९ जन संक्रमणमुक्त भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij