Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एयरपोर्टबाट अवैध सुन र मोबाइलसहित तीन जना पक्राउ


  • बिहिबार, माघ २० २०७८

  • एयरपोर्टबाट अवैध सुन र मोबाइलसहित तीन जना पक्राउ

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट अवैध सुन र मोबाइलसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् ।

    प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ । यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

    हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई सुन र मोबाइल भन्सार छलेर लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती सामानहरू विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij