Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आईएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान


  • बिहिबार, पुष २९ २०७८

  • आईएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

    काठमाडौं – सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आईएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।

    प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले दुईजनालाई उक्त छात्रवृत्ति प्रदान गरिने फाउन्डेसनले जनाएको छ । सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उत्तीर्ण इच्छुक जो कोहीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने पनि जनाइएको छ ।

    कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शुल्क इन्टर्नसिपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आबद्व हुनुपर्ने जनाइएको छ ।

    यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्रछात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुने सम्भावना रहने जनाइएको छ ।
    छात्रवृत्तिका लागि इमेलमार्फत आवेदन दिन सकिने फाउन्डेसनले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij