काठमाडौं – सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ गतेदेखि कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ । यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
