Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने, अब देउवा र शेखर विच प्रतिस्पर्धामा


  • मंगलबार, मंसिर २८ २०७८

  • कांग्रेस सभापतिका लागि दोस्रो चरणको  निर्वाचन हुने,  अब देउवा र शेखर विच  प्रतिस्पर्धामा

    काठमाडौं – नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
    आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।
    आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।
    अब दोस्रो चरणमा देउवा र डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।

    साथै प्रकाशमान सिंह श्रेष्ठ, विमलेन्द्र निधि र कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij