Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंसिर १४ गते कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिने


  • शुक्रबार, मंसिर ३ २०७८

  • मंसिर १४ गते कर्णालीका मुख्यमन्त्री शाहीले  विश्वासको मत लिने

    काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
    कर्णाली प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

    कर्णाली प्रदेश सभा सचिवालयले पनि मंसिर १४ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ। नेपालको संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्रीले आफू नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ। कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका हुन्।

    सत्ता साझेदार दल माओवादीक केन्द्रका १२, समाजवादीका ३ र कांग्रेसका ६ जना गरी २१ जना प्रदेशसभा सदस्यको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका हुन्।
    कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका १३ र तटस्थ रहेको राप्रपाका एक जना सांसद छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij