Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुस्ताङमा हिउँ पहिरो जाँदा ९ घाइते


  • आइतबार, कार्तिक २८ २०७८

  • मुस्ताङमा हिउँ पहिरो जाँदा  ९ घाइते

    काठमाडौं– मुस्ताङमा हिउँ पहिरो जाँदा ९ जना घाइते छन्। हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ।

    सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो।

    हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन्।

    हिउँ पहिरोमा चरनका लागि लगिएका चौंरीलगायत जीवजन्तु परेको अनुमान गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij