काठमाडौं– नेपाललाई चीनले अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेकी हुन्।
चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डाेज खाेप अनुदानमा आएकाे छ भने काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे छ । जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने अरूआउने प्रक्रियामा रहेकाे स्वास्थ सचिव राेशन पाेखरेलले जानकारी गराए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
