Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त


  • मंगलबार, कार्तिक १६ २०७८

  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    काठमाडौं– राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए।

    सबै सांसदको हस्ताक्षर संकलन गरेर बसेको विपक्षी गठबन्धन लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारीसामु दाबीसहित उपस्थित भएका थिए। मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij