Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कानुन व्यवसायी प्रधानन्यायाधीश विरुद्ध आन्दोलनमा उत्रिए


  • आइतबार, कार्तिक १४ २०७८

  • कानुन व्यवसायी प्रधानन्यायाधीश विरुद्ध  आन्दोलनमा उत्रिए

    काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आज सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ।
    ‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर बोकेर केही बरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।
    वकिलहरूले आज हातमा कालोपट्टीसमेत बाँधेका छन्। बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने जनाएको छ।
    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने आज पनि इजलास तोकेका छन्। विवादमा मुछिएका उनले निकास दिनु पर्ने भन्दै गत सर्वोच्चका अरू न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij