Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो


  • मंगलबार, कार्तिक ९ २०७८

  • ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो

    काठमाडौं– यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो।

    दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो। सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । ‘नयाँ आवेदन वेबसाइटमा गएर पहिलाको जसरी नै भर्न सकिन्छ । तर आवेदकको पालो भने फर्म भरेको चार–पाँच महिनापछि मात्रै आउँने विभागले जनाएको छ ।

    यतिबेला पुरानै ट्रायल दिन बाँकी आवदेकको ट्रायल परीक्षा भइरहेको छ। विभागले अहिले ट्रायल पास भएकालाई परीक्षणकालीन लाइसेन्स दिइरहेको छ। सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij