बारा,
बाराको जितपुर सिमरा उपमहानगर पालिका वडा नं ३ बजनिमा आज निशुल्क आँखा शिविर सम्पन्न भएको छ।
नेत्र रोग विशेषज्ञ डा. अमृत आचार्यको संयोजकत्वमा भएको शिविरमा ८५ जनालाई मोतियाबिन्दु निशुल्क शल्यक्रियाको लागि मात्रिका आइ फाउण्डेशन रिफर गरिएको समाजसेवी एवं
लायत नारायणी रायमाझीले जानकारी दिनुभयो।
शिविरमा उपमहानगरपालिका वजनि, जितपुर, बकुलिया, रामवन, नरवस्ती लगायतका ठाउँहरुबाट आँखाका बिरामीहरु परीक्षणका लागि आएका थिए।
लायन्स क्लब अफ जितपुर सिमरा, मात्रिका आइ फाउण्डेशन, लियो कल्ब अफ जितपुरसिमरा को आयोजनामा गरिएको उक्त शिविरमा तिन सय तिस जना को आखाँ परीक्षण गरिएको थियो।
शिविर सञ्चालन हुनुभन्दा अघिको उद्घघाटन कार्यक्रममा संविधान सभा सदस्य डा. शोभाकार पराजुली, संविधान सभा सदस्य लालबाबु सिंह, समाजसेवी कृष्णव्रत सिंह, जनप्रतिनिधिहरु दुर्गा रिजाल, विनिता रेग्मी, रुकुमाया पाखिन्, लायन्स क्लब ३२५ का रिजन चेयर प्रसन मुकुन्दबहादुर क्षेत्रि, जितपुर सिमरा नगर उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष सयंज साह,नेबी संघका निवर्तमान केन्द्रीय सदस्य नौराज त्रिपाठी, महिला नेत्री कँडेल, पुस्कर रायमाझी लगायत उपस्थिति रहेको थियो। लायन नारायणी रायमाझीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुशिल ढोडारीले गर्नुभएको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
