Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुल्मीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते


  • शुक्रबार, असोज २९ २०७८

  • गुल्मीमा जिप दुर्घटना :  ३ जनाको मृत्यु, ६ जना घाइते

    तम्घास – गुल्मीको रेसुंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लु १ ज ४४९० नम्बरको जिप गएराति ११ बजेतिर रेसुंगा नगरपालिका– १० छहरा भन्ने स्थानमा सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेकाहरु दुर्घटनामा पर्दा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका २ जलजला बस्ने ७० वर्षीय क्षेत्र बहादुर थापा, सोही ठाउँकी ४० वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका ३ नेटाकी १९ वर्षीया संगीता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij