Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु


  • सोमबार, असोज २५ २०७८

  • घान्द्रुकमा जीप दुर्घटना हुँदा  ८ जनाको मृत्यु

    कास्की– कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।
    जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।
    उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ।
    घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij