काठमाडौं– नेपाली काँग्रेसबाट चार जना मन्त्री बन्ने भएका छन् । मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, उमाकान्त चौधरी र उमा रेग्मी मन्त्री बन्ने भएका हुन् । रक्षमा रिजाल र कानुनमा बडू मन्त्री बन्ने भएका हुन् भने उमाकान्त चौधरी खानेपानी मन्त्री भएका हुन् ।
उमा रेग्मीलाई महिला तथा बालबालिका मन्त्री बनाउने भएका हुन् । यसअघि काँग्रेसबाट गृहमा बालकृष्ण, कानुनमा ज्ञानेन्द्र कार्की, परराष्ट्रमा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री छन् । कार्कीलाई कानुनबाट सञ्चार मन्त्रीको जिम्मेवारी दिने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
