Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चार पूर्व प्रधानन्यायाधीशलाई अदालतको अवहेलना मुद्दामा सफाइ


  • शुक्रबार, असोज १५ २०७८

  • चार पूर्व प्रधानन्यायाधीशलाई अदालतको अवहेलना मुद्दामा सफाइ

    काठमाडौं – अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।

    पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् । चार पूर्व प्रधानन्यायाधीशले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति निकालेर ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए ।
    अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij