काठमाडौं – पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
