Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टुँडिखेलमा सातौँ संविधान दिवस मनाइयो (फोटो फिचर)


  • आइतबार, असोज ३ २०७८

  • टुँडिखेलमा सातौँ  संविधान दिवस मनाइयो  (फोटो फिचर)

    काठमाडौं – संविधान दिवसका अवसरमा आइतबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।
    राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा समारोह आयोजना गरिएको हो । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन भने समारोहमा अनुपस्थित रहे । मन्त्रीपरिषद्का अन्य मन्त्री, सुरक्षा निकायका प्रमुख, कुटनितिक नियोगका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

    टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij