Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गण्डकी प्रदेशसभामा देखिएन एमाले विभाजनको असर


  • सोमबार, भाद्र २१ २०७८

  • गण्डकी प्रदेशसभामा देखिएन एमाले विभाजनको असर

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजन भएसँगै ६ वटा प्रदेशसभामा असर देखिएको छ । तर गण्डकी प्रदेशसभामा भने त्यसको असर अहिले सम्म देखिएको छैन् । अन्य प्रदेशमा एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन ।

    एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij