Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एसमाजवादी एमाले भन्दा ठुलो दल


  • आइतबार, भाद्र २० २०७८

  • सुदूरपश्चिम प्रदेशसभामा नेकपा एसमाजवादी एमाले भन्दा ठुलो दल

    काठमाडौं– सुदूरपश्चिम प्रदेशसभामा दल विभाजनपछि नेकपा एमालेको तुलनामा नवगठित दल नेकपा एकीकृत समाजवादी प्रदेशसभामा ठुलो देखिएको हो । एमालेबाट प्रतिनिधित्व गर्दै आएका तप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।
    आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।
    सुदूरपश्चिम प्रदेशसभामा रहेका एमालेका १० सांसदले यसअघि नै नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका थिए ।
    यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउन, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भइसकेका थिए । आइतबार थप तीन जना सामेल भएसँगै नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा १३ सांसद भएका छन् भने अब एमालेमा १२ सांसदमात्र छन् ।
    राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij