Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप १३८८ जनामा कोरोना संक्रमण


  • आइतबार, भाद्र १३ २०७८

  • थप १३८८ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij