काठमाडौं– पछिल्लो २४ घण्टामा २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण भएको थियो । पछिल्लो २४ घण्टामा २३३७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान समेत गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ ।
यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ भने त्यसमध्ये ७ लाख ८ हजार २३० जना निको भएका छन् ।
हाल देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
