काठमाडौं– सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन काठमाडौंको दुई अस्पताल तोकेको छ।
विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै जनाएको छ।
तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो।
यसअघि सञ्चालन भइरहेको खोप केन्द्रमा खोप लगाउने कार्य सकिएकाले विदेश जानेहरूका लागि खोप उपलब्ध गराउन अस्पताल तोकिएको हो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
