Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि


  • शुक्रबार, असार २५ २०७८

  • थप २२३९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    मन्त्रालयका अनुसार मुलुकभरमा ६६५७ जनाको पिसिआर परीक्षणबाट १४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४६५६ जनाको एन्टिजेन परीक्षणबाट ७६० जनामा पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३१६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २० जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij