Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटमा दुई पक्षबीच झडप


  • शुक्रबार, असार २५ २०७८

  • रौतहटमा दुई पक्षबीच झडप

    रौतहट– रौतहटमा दुई पक्षबीच झडप भएको छ । गएराति रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको हो । उक्त झडपमा आठजना घाइते भएका छन् । झडप देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरीलगायत घाइते भएका छन् ।
    घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
    प्रहरीको अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति १० बजे दुई पक्षबीच झडप भएको हो । विवादमा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।
    सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij