Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेश महाधिवेशन डेढ वर्ष सार्न पौडेल पक्षको प्रस्ताव !


  • सोमबार, असार २१ २०७८

  • कांग्रेश महाधिवेशन डेढ वर्ष सार्न पौडेल पक्षको प्रस्ताव !

    काठमाडौं – पार्टीको १४ औं महाधिवेशनको रौनक क्रमशः बढ्दै गइरहेको बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षले कम्तिमा डेढ वर्ष महाधिवेशन सार्ने प्रस्ताव सभापति शेरबहादुर देउवा समक्ष गरेको छ । कोभिड संक्रमणको महामारीका कारण तल्लो तह सम्म अधिवेशन गर्ने वातावरण नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन सार्ने प्रस्ताव अनौपचारिक रूपमा गरेको कांग्रेश उच्च स्रोतले राष्ट्रपुकारलाई बतायो ।

    कोभिड संक्रमणको कारण देखाए पनि महाधिवेशन सार्ने प्रस्ताव भित्र राजनितिक कारण रहेको स्रोतको भनाइ छ । पौडेल पक्षले डेढ वर्ष महाधिवेशन सारेर सभापति देउवालाई पार्टी चलाउन कार्यकाल थपिदिने र १४ औ महाधिवेशनमा देउवा चुनावमा नलड्ने प्रतिवद्धता गर्नु पर्ने प्रस्ताव गरेको हो ।

    देउवा चुनाव नलड्‌ने प्रतिबद्धतासंगै अहिलेको कार्यसमितिमा आफ्नो पक्षबाट उपसभापति र महामन्त्री राजनितिक निर्णयका आधारमा थप गर्न समेत पौडेल पक्षले प्रस्ताव गरेको छ । तर देउवा पक्षले पौडेल पक्षको प्रस्तावलाई अस्वीकार गरेको छ । संस्थापन पक्षले पौडेल पक्षको प्रस्तावलाई डेढ वर्ष कार्यकाल थपेर पार्टी कब्जा गर्ने रणनीतिका रूपमा बुझेको छ ।

    संस्थापन इतर पक्षबाट पार्टी सभापतिमा उम्मेदवारको संख्या धेरै भए पछि व्यवस्थापनको समस्या देखिएको छ । वरिष्ठ नेता पौडेल सहित महामन्त्री डा. शसाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह देखि कल्याण गुरुङ सम्मले सभापति लड्ने घोषणा गरे पछि यो समूह अप्ठ्यारोमा छ ।

    पार्टी एकता प्रक्रियाबाट आएका र संस्थापन हुनुका कारण पनि देउवा बलियो अवस्थामा रहेको पौडेल पक्षको बुझाई छ । त्यस कारण देउवालाई डेढ वर्ष कार्यकाल थपेर आन्तरिक व्यवस्थापनसंगै आफु अनुकूलको परिस्थिति बनाउन सकिने विश्वास संस्थापन इतर पक्षको छ ।

    पौडल पक्षको यो प्रस्ताव पछि संस्थापन पक्ष महाधिवेशनको सघन तयारीमा जुटेको छ । आफु निकट नेताहरुलाई सभापति देउवाले महाधिवेशन घोषित मितिमै हुने भएकाले तयारीमा लाग्न निर्देशन दिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij