काठमाडौं – सत्तारुढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा झन्डै डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठक टेन्टभित्र बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास परिसर बालुवाटारभित्रै खाली स्थानमा टेन्ट राखेर बैठक गरिएको हो । अरु बेला सवारी–साधन पार्किङ गरिने स्थानमा आज टेन्ट राखिएको हो ।
एमाले केन्द्रीय कमिटी २४१ सदस्यीय रहेको छ । त्यसमध्ये खनाल–नेपाल समूहले बैठक बहिष्कार गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
