Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु


  • बिहिबार, असार १७ २०७८

  • थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

    काठमाडौं– बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो। ७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो।

    यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij