काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गमा संसद विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका ५ विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनलेप्रदर्शन गरेका छन्।
विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। प्रहरीले धरपकड गर्दा २ जना विद्यार्थी सामान्य घाइते भएको नेविसंघले जनाएको छ ।
साथै विद्यार्थी संगठनहरूले विद्यार्थी र शिक्षकलाई छिटो कोरोनाविरूद्ध खोप दिन पनि माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
