काठमाडौं – पछिल्लो राजनितिक परिघटनाकावारेमा तीन पूर्वप्रधानमन्त्रीले समिक्षा गरेका छन । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेबाट कारवाही गरिएको भनिएका वरिष्ठ नेता माधवकुमार नेपाल विच भएको छलफलले प्रधानमन्त्री केपी शमी ओलीले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै गम्भिर सरोकार र समिक्षा गरेको छ । संसद विघटनको विचाराधिन विषयलाई ओलीले आफ्नो पक्षमा प्रभावित गर्न सक्ने विषयमा तीन पूर्वप्रधानमन्त्री विच छलफल भएको हो । सरकारको विपक्षमा बनेको गठबन्धन विरुद्ध हुनसक्ने गतिविधिका वारेमा पनि छलफल भएको छ । गठवन्धन संविधानको र लोकतन्त्रको रक्षाका लागी भएकाले गठबन्धन सुद्धिद बनाउने प्रतिबद्धता नेताहरुले जनाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
