काठमाडौ -प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक रुपमा एकै दिन चार झट्का लागेको छ ।
ओलीलाई तीन झट्का सर्वोच्च अदालतले नै दिएको छ भने एक झड्का राजनीतिक रहेको छ ।
पहिलो झट्का हो ओलीले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश कार्यन्वयन नगर्न सर्वोच्चले दिएको आदेश ।
गत जेठ १० गते बसेको एमाले बैठकले कर्णालीका चार प्रदेश सांसदको कारवाही गर्ने निर्णय अस्वीकार गर्दै र कारवाही गरेका सदस्यहरुलाई पुनर्बहाली गर्न सर्वोच्चले आदेश दिएको छ ।
दशौं महाधिवेशन आयोजक कमिटीको तर्फबाट गरेका काम कारवाहीहरु मान्य नुहने सर्वोच्चको फैसलाले ओलीलाई अर्को झट्का थपिदियो । यसबाट ओलीले अन्य नेताहरुलाई गर्ने कारबाहीले समेत मान्यता नपाउने भएको छ ।
अर्कोतर्फ राजनीतिक रुपमा पनि बिहीबारै ओलीमाथि अर्को ठुलो झट्का लाग्न पुग्यो । उनका विश्वास पात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाउँदा पदमुक्त हुन पुगे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
