काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तार गर्न लागेका छन । केहि मन्त्री र राज्यमन्त्रीहरुलाई सपथ गराउने तयारी प्रधानमन्त्रीको छ ।
प्रधानमन्त्रीले गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा रामबहादुर थापाकी श्रीमती समेत रहेकी नैनकला थापा , वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग मन्त्रीमा राजकिशोर यादव र सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी नियुक्त गर्न लागेको बताइएको छ ।।
मोहन बानियाँलाई विनाविभागीय र वन राज्यमन्त्रीमा आशा विकलाई शपथ गराउन लागिएको बताइएको छ । सपथ ४ वजे गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
