Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा तोकियो चिनियाँ खोपको पहिलो डोज लगाउने केन्द्र (सूचीसहित)


  • सोमबार, जेष्ठ २४ २०७८

  • काठमाडौंमा तोकियो चिनियाँ खोपको पहिलो डोज लगाउने केन्द्र  (सूचीसहित)

    काठमाडौं – काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो ।

    महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

     

    काठमाडौंका विभिन्न वडाका खोप केन्द्रको नाम
    १. नन्दी रात्री स्कुल, नक्साल

    २. वडा कार्यालय, लाजिम्पाट

    ३. वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

    ४. वडा कार्यालय, वालुवाटार

    ५. वडा कार्यालय, हाँडीगाउँ

    ६. महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

    ७. वडा कार्यालय, मित्रपार्क, चावहिल

    ८. गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

    ९. अनुपम फुडल्याण्ड, बत्तीस पुतली

    १०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

    ११. विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

    १२. बुद्ध माई अस्पताल, टेकु

    १३. जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

    १४. वडा कार्यालय, भुवनेश्वरी कलंकी

    १५. भुइँखेल चौर, स्वयम्भू

    १६. बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार

    १७. पब्लिक युथ क्याम्पस, धोवी चौर

    १८. पुष्पलाल पार्क, विष्णुमती किनार

    १९. वडा १९ कार्यालय परिसर,

    २०. शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

    २१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

    २२. वडा कार्यालय, टेवहाल

    २३. नव आदर्श विद्यालय, बसन्तपुर

    २४. इतुमबहाल, तारणीबहाल

    २५. कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

    २६. वडा कार्यालय परिसर, लैनचौर

    २७. महावौद्ध चोक

    २८. कार्यालय परिसर, सिटी मार्केट

    २९. विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

    ३०. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

    ३१. इ. पि. यस. स्कूल, मीनभवन

    ३२. वडा कार्यालय परिसर, पाल्पाकोट

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij