Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ मन्त्रीहरुको सपथ बेलुकी ८ बजे


  • शुक्रबार, जेष्ठ २१ २०७८

  • नयाँ मन्त्रीहरुको सपथ बेलुकी ८ बजे

    काठमाडौं – प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन्। जनता समाजवादी पार्टीका नेताहरु र एमालेका नयाँ मन्त्रीहरुको सपथ ग्रहण आज (शुक्रबार) राति ८ बजे हुने भएको छ ।

    नयाँ मन्त्रीहरुको सपथ ग्रहण राति ८ बजेका लागि तय भएको शीतलनिवास स्रोतले जनाएको छ । आफैंले चुनाव घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्न लागेका हुन् । महन्थ ठाकुर पक्षका जसपाका ८ नेतालाई मन्त्री र दुईजनालाई राज्यमन्त्रीमा सपथ खुवाउने तयारी छ ।
    त्यसैगरी एमालेका मन्त्री बनेकाहरुलाई हटाएर नयाँलाई ल्याइने भएको छ । एमालेका चारजनालाई मात्रै बाँकी राखेर अरुलाई हटाइने भएको छ ।
    जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij