Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागरिकता अध्यादेश विरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने


  • शुक्रबार, जेष्ठ २१ २०७८

  • नागरिकता अध्यादेश विरुद्धको रिटमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने

    काठमाडौं – ९ जेठमा सरकारले ल्याएको नागरिकता अध्यादेश विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अध्यादेश विरुद्ध परेका ६ वटा रिटमा सुनुवाई गर्न प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखेका छन् ।
    रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij