Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत


  • शनिबार, जेष्ठ १५ २०७८

  • आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

    काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले आज अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको छ । संसद विघटन भएकाले अध्यादेश मार्फत बजेट ल्याएको हो । सरकारले संसद विघटन गरेर मध्यावधि निर्वाचन गरेकाले लोकप्रिय र चुनाव लक्षित वजेट ल्याएको हो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका हुन । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

    कर्मचारीको तलव वृद्धि, वृद्ध भत्ता वृद्धि जस्ता लोकप्रिय कार्यक्रम समेटिएका छन

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij