Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिमाथी महाअभियोग लगाउने संख्या पुर्‍याउन ओलीको चुनौती


  • शुक्रबार, जेष्ठ ७ २०७८

  • राष्ट्रपतिमाथी महाअभियोग लगाउने संख्या पुर्‍याउन ओलीको चुनौती

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६(५)अनुसारको प्रधानमन्त्रीको लागी आफुलाई सर्मथन गर्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा ओलीले पटक पटक दोहोर्‍याएर आफुलाई सर्मथन गर्न आग्रह गरे । उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने पनि बताए ।
    सरकार विरुद्ध अनेक षड्‌यन्त्र गरिएकाले अहिलेको अवस्था आएको दावी ओलीले गरे । आफुले नयाँ सरकार गठनका लागी मार्ग प्रशस्त गरेको बताए । आफुले विश्वासको मत नलिई ७६ को ५ जान नमिल्ने कुरा संविधानमा उल्लेख नभएको बताए । राष्ट्रपति माथी महाअभियोग लगाउने विपक्षी दलको कसरत प्रति ओली संख्या पुर्‍याउन चुनौती दिए । उनले आगामी फागुन सम्म स्थानीय निर्वाचन हुने ओलीले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij