Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैकल्पिक सरकार गठनमा अन्यौल


  • मंगलबार, बैशाख २८ २०७८

  • वैकल्पिक सरकार गठनमा अन्यौल

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि बैकल्पिक सरकार गठनको प्रयास सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दलहरुलाई बहुमतको सरकार गठन गर्न आहान गरेसँगै राजनितिक सरगर्मी बढेको छ ।

    तर संसद्‌को गणित हेर्दा कसको नेतृत्वमा सरकार बन्छ भन्ने प्रष्ट तस्वीर देखिएको छैन । सरकार गठनका विषयमा छलफल गर्न आज कांग्रेस सभापति शेरबदादुर देउवाले आफ्नो निवासमा बैठक बोलाएका छन । बैठकमा माओवादी, जनता समाजवादी पार्टी र एमालेको माधव नेपाल समूहलाई निम्त्याइएको छ । बैठक दिउसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

    निर्णयक भूमिकामा देखिएको जसपामा सरकारका विषयलाई लिएर चर्को विवाद देखिएको छ । मध्यराति अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती निकालेर जसपाको प्राथमिकता सरकार गठन भएको बताएका छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले हिजो विपक्षी दलहरु संगको संयुक्त विज्ञातीमा हस्ताक्षर गरेका थिए ।

    एमाले भित्रको माधव – झलनाथ समूह अव कसरी अघि बढ्छ भन्ने प्रष्ट छैन । यस हिसावले वैकल्पीक सरकारको स्वरूप कस्तो हुन्छ भन्ने स्पष्ट हुन सकेको छैन । विपक्षी दलहरुले कांग्रेस सभापति देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे पनि बहुमत पुग्ने स्पष्ट आधार देखिदैन ।

    जसमा भित्रको ठाकुर पक्ष आफ्नो अडानमा कायम रहेमा देउवालाई प्रधानमन्त्री बन्न एमालेको माधव समूहको सहयोग अनिवार्य चाहिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij