Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित


  • बिहिबार, बैशाख ९ २०७८

  • भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित

    भारत-भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ ।

    भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ लाख नाघेको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

    यस्तै दिल्लीमा पनि २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा २३ तथा केरलामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले सामाजिक गतिविधिमा कडाइ गरेका छन् । यद्यपि, भारतमा कोरोना संक्रमण नियन्त्रणमा भने आएको छैन ।

    कोरोना संक्रमण बढेसँगै भारतका अस्पतालमा पनि बेड तथा आईसीयू बेडको अभाव देखिन थालेको छ । अहिलेसम्म भारतमा १३ करोड २३ लाख डोजभन्दा बढीले कोरोना खोप लिइसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij