जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समितिले पार्टी निर्णय विपरीत सरकारमा जाने चार सांसदलाई पार्टीबाट निलम्बन गरेको छ । २४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता नभए संसद् पद निलम्बनको प्रक्रिया अघि बढाइने पार्टीले चेतावनी दिएको छ ।
पार्टीको प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले विज्ञप्ती जारी गर्दै संसदीय दलको बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने बहुमतले निर्णय गरेर त्यही सरकारमा मन्त्रीको शपथ लिने चारै जनालाई तत्काल राजीनामा गरेर फिर्ता हुन निर्देशन गरेको छ । जसपाले सरकारमा मन्त्रीको शपथ ग्रहण गरेका सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट फर्कन निर्देशन गरेको हो ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
