काठमाडौं – ऐतिहासिक टोखाको विस्केट जात्रा सम्पन्न भएको छ । सपनातिर्थ जात्राका नामले समेत चिनिने टोखाकोविस्केट जात्रा घोडेजात्रा अघि लिङ्गो गाढे पछि प्रारम्भ हुन्छ । जात्राको चार दिन अघि खोला थुनेर पोखरी बनाइन्छ । त्यहि पोखरीमा नुहाउन वैसाख १ गते श्रद्धालुहरु पुग्ने गर्दछन् । आठ दिनसम्म जात्रा मनाइन्छ । जात्राका क्रममा पुजाआजा गर्नुका साथै नेवार समुदायले आफ्नो भेषभुषा र संस्कृति झल्किने पहिरन लगाउने चलन रहेको टोखा नगरपालिका वार्ड नं. दुईका सदस्य एवं स्थानीय अगुवा हिराकाजी मर्हजनले बताए । हिराकाजीका अनुसार जात्रा अवधिभरी स्थानिय नेवार समुदायले पाहुनालाई रक्सी, मासु लगाएतको परिकार खुवाउने र आपसमा खानपिन गरी रमाइलो गर्ने चलन छ
।








""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
